आजको पञ्चाङ्ग एवम् राशिफल (१ माघ २०७८ शनिबार, १५ जनवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ माघ २०७८ शनिबार, १५ जनवरी २०२२)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ माघ १ गते शनिबार तद्अनुसार सन् २०२२ जनवरी १५ तारिख पौष शुक्लपक्ष त्रयोदशी तिथि मृगशिरा नक्षत्र ब्रम्हा योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा १०÷२९ बजेसम्म वृष राशिमा त्यसपछि मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२९ मा हुनेछ । शनिप्रदोषव्रत, माघेसंक्रान्ति, उत्तरायण सुरू, माघीपर्व, मकर स्नान ।

आजको राशिफल–

मेष – समय शुभ फलदायक रहनेछ । प्रतिष्ठा, मान–सम्मान मिल्नेछ । नसोचेको फाइदा हासिल हुन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र लाभले पछ्याउनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।

वृष – फुर्सदिलो भएको अनुभूति होला । इच्छाशक्ति बढ्नेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । नयाँ सम्भावना देखापर्ने छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहससम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – यात्रा होला । अन्न धन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा बृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट – समय मिश्रित फलदायक रहनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तापनि धेरैको भलाइ हुने काम गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । दौडधुप चलिरहनेछ । समस्याको समाधान प्राप्त होला । आफ्नै बल विवेकले काम गर्नु हितकर होला ।

सिंह – सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । ऋण रोग र शत्रुप्रति विशेष सचेत रहनुहोला । अस्तव्यस्ततामा कमी हुनेछ । समस्या समाधान हुनेछ ।

कन्या – धन आर्जन हुने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानीसँगै दाम्पत्यसुख बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ ।

तुला – नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । नयाँ ज्ञान सिक्ने मौका छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । अरुको भर नपरी आफ्नै बलबिबेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला । भोगविलासमा आकर्षण बढ्नेछ ।

वृश्चिक – मनमा डर लागे पनि बोलीको प्रभाव बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । प्रेममा सफलता मिल्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी बृद्धि हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । विवादमा नपर्नु बेस होला । अरुको भर नपर्नु नै हीतकर रहला ।

मकर – गल्तीबिनै आरोप लाग्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने चोरी वा ठगीमा परिने सम्भावना छ । मान प्रशंसा बढ्नेछ । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आरोग्यता तथा सुखशान्ति बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।