३ माघ २०७८, सोमबार

चिनियाँ लडाकु जहाज आफ्नो भूभागमा प्रवेश गरेको ताइवानको आरोप

  प्रकाशित मिति
२९ पुष २०७८, बिहीबार ०१:२५


ताइवानले आफ्नो भूमिमा बुधबार पाँच चिनियाँ सैनिक विमान प्रवेश गरेको दाबी गरेको छ । ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र अहिलेसम्म ९ पटक यस्तो भएको छ । समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो ।

यी पाँच सैनिक विमानमध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे-१६ लडाकु विमान थिए भने एक शांक्सी वाई-८ एन्टी-सबमरीन लडाकु विमान रहेको समाचारमा जनाइएको छ।

बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए । त्यसपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ ।

चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको