यी हुन् सन् २०२२ मा आयोजना हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता

यी हुन् सन् २०२२ मा आयोजना हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता



नयाँ वर्षको शुभारम्भसँगै अन्तर्राष्ट्रिय स्तरमा सन् २०२२ मा आयोजना हुने मुख्य-मुख्य प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार यो वर्ष विश्वभरि ३० वटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुने भएको छ । जसमा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता, टी–२० विश्वकप क्रिकेट, कमनवेल्थ गेम्स र एसियाली खेलकुद प्रतियोगितासम्म रहेका छन् ।

नव वर्षको शुभारम्भसँगै साउदी अरेवियामा डकार ¥यालीको सञ्चालन हुनेछ । उक्त ¥याली जनवरी १ देखि १४ सम्म हुनेछ । त्यस्तै जनवरी ९ देखि फेब्रअरी ६ सम्म क्यामरुनमा अफ्रिका नेसन्स कपको आयोजना हुनेछ । जनवरी १७ देखि ३०, मेलबर्नमा अस्ट्रेलियन ओपन सञ्चालन हुनेछ ।

यसैगरी, इस्टोनियामा जनवरी १८ देखि २३ सम्म चार महाद्विपीय फिगर स्केटिङ च्याम्पियनशिप र जनवरी २० देखी फेब्रुअरी ६ सम्म भारतमा एएफसी महिला फुटबल एशियाली कपको आयोजना हुने छ । फेब्रुअरी ४ देखी २० सम्म चीनको बेइजिङमा शीतकालीन ओलम्पिकका खेलहरू सञ्चालन हुनेछन् ।

त्यस्तै, मार्च ३ देखि ६ सम्म नर्वेको हमारमा विश्व स्पीड स्केटिङ च्याम्पियनसिपको आयोजना हुनेछ । मार्च ४ देखि १३ सम्म चीनको बेइजिङमा प्यारालम्पिक शीतकालिन खेलहरू सञ्चालन हुनेछन् । मार्च १८ देखि २० सम्म सर्वियाको बेलग्रेटमा विश्व एथलेटिक्स इनडोर च्याम्पियनशिप र मार्च १८ देखि २० सम्म क्यानडाको मोन्ट्रियलमा विश्व सर्ट ट्र्याक स्पीड स्केटिङ च्याम्पियनशिप आयोजना हुनेछ ।

यसैगरी मार्च २१ देखि २७ सम्म फ्रान्सको मोन्टपेलियरमा विश्व फिगर स्केटिङ च्याम्पियनशिप र अप्रिल १६ देखि मे २ सम्म बेलायतको सेफिल्डमा विश्व स्नुकर च्याम्पियनसिप हुनेछ । मे १३ देखि २९ सम्म जापानको फुकुओका शहरमा १९औँ फिना विश्व च्याम्पियनसिप र मे २२ देखि जुन ५ सम्म फ्रान्सको पेरिसमा फ्रेन्च ओपन सञ्चालन हुनेछ । जुन २६ देखि जुलाई ७ सम्म चीनको चेङ्दुमा ३१औँ समर युनिभर्सियड प्रतियोगिताको आयोजना हुनेछ ।

त्यस्तै, जुन २७ देखि जुलाई १०सम्म बेलायको लण्डन शहरमा टेनिसको ताज मानिने विम्बल्डन ग्य्राण्डस्लाम र जुलाई १५ देखि २४ सम्म संयुक्त राज्य अमेरिकाको ओरेगन शहरमा विश्व एथलेटिक्स च्याम्पियनशिप आयोजना हुनेछ । जुलाई २८ अगस्ट ८ सम्म बेलायतको बर्मिघममा कमनवेल्थ गेम्स र जुलाई ३० देखि चीनको सङ्घाईमा विश्व एथलेटिक्स शाङ्घाई डायमण्ड लीग शुरु हुनेछ ।

यसैगरी अगस्ट ६ देखि चीनको सेन्जेनमा विश्व एथलेटिक्स शेन्जेन डायमण्ड लिग र अगस्ट २१ देखि २८ सम्म जापानमा बीडब्लुएफ विश्व च्याम्पियनसीपको आयोजना हुनेछ । अगस्ट २६ देखि सेप्टेम्बर ११ सम्म रुसमा फिभा पुरुष विश्व च्याम्पियनशिप र अगस्ट २९ देखि सेप्टेम्बर ११ सम्म अमेरिकाको न्यूयोर्कमा युएस ओपन टेनिस आयोजना हुनेछ । सेप्टेम्बर १० देखि २५ सम्म चीनको हाङ्जाउमा १९औँ एशियाली खेलकुद प्रतियोगिता र सेप्टेम्बर २२ देखि अक्टोबर १ सम्म अष्ट्रेलियामा महिला विश्वकप बास्केटबल प्रतियोगिताको आयोजना हुनेछ ।

त्यस्तै, सेप्टेम्बर २३ देखि अक्टोबर १५सम्म नेदरल्याण्ड र पोल्याण्डमा फिभा महिला विश्व च्याम्पियनशीप र अक्टोबर २९ देखि नोभेम्बर ६ सम्म बेलायतको लिभरपुलमा विश्व जिम्न्यास्टिक च्याम्पियनसिपको आयोजना हुनेछ । नोभेम्बर १३ मा चीनको याङझाउमा विश्व एथलेटिक्स हाफ म्याराथन च्याम्पियनसिप र नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा फिफा विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुने छ । यसैगरि वर्षको अन्त्यमा .डिसेम्बर २० देखि २८ सम्म चीनको सान्ताउमा तेस्रो एशियाली युवा खेलकुद सञ्चालन हुनेछ ।