वर्षमानको बहानामा पदाधिकारी चयन कार्य लम्ब्याए प्रचण्डले !

वर्षमानको बहानामा पदाधिकारी चयन कार्य लम्ब्याए प्रचण्डले !


photo: rss

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक पुस २५ गते मात्र बस्ने भएको छ । सोही दिन बस्ने बैठकले पदाधिकारी एवम् बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

माओदी स्रोतका अनुसार सिनियर लिडरमध्येका वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्ती मंगलबार चीनको अस्पतालबाट डिस्चार्ज भएर नेपाल आउँदै छन् । उनीहरुसहित सहभागी भएर पदाधिकारी चयन गुर्न भावनात्मक दृष्टिले राम्रो हुने प्रचण्डको धारणा छ ।

माओवादीकै अर्को सुत्रले जानकारी दिएअनुसार पदाधिकारी चयन कार्य प्रचण्डको लागि निकै कठिन बनिरहेको छ । तत्काल पदाधिकारीबारे निर्णय लिन नसकेका कारण चीनबाट फर्कन लागेका पुन दम्पतिलाई बहाना बनाएर प्रचण्डले समय लम्ब्याएका हुन् ।