माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध

माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध


नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठले गरेका थिए भने उनको प्रस्तावमा अर्का नेता कृष्णबहादुर महराले समर्थन जनाएका थिए ।

नेता श्रेष्ठको प्रस्ताव र महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए ।

नवर्निवाचित केन्द्रीय सदस्यहरूको शपथसँगै माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकले अध्यक्षबाहेकको पदाधिकारीको टुङ्गो लगाउने बताइएको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

ज्ञातव्य छ, प्रचण्ड तीन दशक भन्दा ज्यादा अवधिदेखि पार्टीअध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।