कांग्रेसले राष्ट्रियसभाका लागि यिनलाई उम्मेदवार बनाउने

कांग्रेसले राष्ट्रियसभाका लागि यिनलाई उम्मेदवार बनाउने


राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न बोलाइएको नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा आह्वान गरिएको बैठकले आगामी १२ माघमा हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिइने ६ जनाको नाम तय गरेको छ ।

प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने नेका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि सोमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेको हो । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।