राष्ट्रियसभा सदस्यमा भागबण्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक

राष्ट्रियसभा सदस्यमा भागबण्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक


file photo

आसन्न राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गरिने भागबण्डको विषयमा छलफल भइरहेको बताइएको छ ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा गठबन्धनभित्रबाट भागबन्डा मिलाएर उम्मेदवारी दिने तयारीस्वरुप बैठक बसेको हो ।

कांग्रेसलाई १०, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई चार∕चार र जनता समाजवादी पार्टीलाई एक सिट दिने गरी भागबण्डा गरिन लागेको चर्चाका बीच गठबन्धनको बैठक बसेको हो ।

मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका रहेकाले अघिल्लो दिन सोमबार नै गठबन्धनको बैठक बसेको बुझिएको छ ।