मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण

मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण


स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी)का चार खेलाडी कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।

मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको र, यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दबाबमा आएको बताइएको छ ।