माओवादीको केन्द्रीय सदस्यमा प्रचण्ड परिवारबाट चार जना

माओवादीको केन्द्रीय सदस्यमा प्रचण्ड परिवारबाट चार जना


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार साँझ केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा उनले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहित आफ्नो परिवारका चार जनालाई केन्द्रीय समितिमा समेटेका छन् ।

उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा खसआर्य पुरुषतर्फको एक नम्बरमा आफ्ना भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।

त्यस्तै, भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी प्रचण्डपुत्री रेणु दाहालले खसआर्य महिलातर्फबाट केन्द्रीय सदस्यमा स्थान पाएकी छन् ।

यसैगरी बुहारी विना मगरलाई पनि प्रचण्डले केन्द्रीय सदस्यमा छुटाएका छैनन् ।