माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक सोमबार ३ बजे

माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक सोमबार ३ बजे


file photo

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक सोमबार बस्ने भएको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि सोमबार अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।

सोमबारको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौँ महाधिवेशनको बन्दशत्रमा अध्यक्ष प्रचण्डले आइतबार २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन्, जसलाई हलले पास गरेको छ । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट केन्द्रिय सदस्यहरु निर्वाचित भएको घोषणा गरेको थियो ।