बाढीका कारण मलेसियामा हजारौँ मानिसले घर छाडे

बाढीका कारण मलेसियामा हजारौँ मानिसले घर छाडे


मलेसियमा बाढीका कारण हजारौँ मानिसले आफ्नो घर छाडेका छन् ।

सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ भने घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ।

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला समुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ ।

बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ ।