गायिका राईको ‘हातैमा बाला’ सार्वजनिक

गायिका राईको ‘हातैमा बाला’ सार्वजनिक


विगत दश वर्षदेखि गायनमा निरन्तर लागिपरेकी गायिका मनमा बी. राई अब्बल गायिका हुन् । उनै गायिकाको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हातैमा बाला’ बोलको गीतको म्युजिक भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट रिलिज भएको छ ।

आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो हेरिसकेपछि वरिष्ठ सञ्चारकर्मी नारायण देवान, वरिष्ठ गायिका सरोजा मुकारुङ देवान, युवा सञ्चारकर्मी प्रकाश पोखरेल तथा युवा गायिका रश्मि राईले भिडियो अत्यन्तै अब्बल र नेपालीपनले भरिएको प्रतिक्रिया दिए ।

गीतकार टीका चाम्लिङको मिठो शब्द रचना र वरिष्ठ सङ्गीतकार वसन्त मुकारुङको मिठो सङ्गीत रहेको उक्त म्युजिक भिडियोको छायाङ्कन काठमाडौंको टोखा र जीतपुर फेदीमा गरिएको हो ।

मोडल तथा गायक योगेन्द्र राई र नयाँ प्रस्तुतिमा नायिका ग्रेशिना राई लगायत करिब आधा दर्जन नयाँ कलाकारको सुन्दर अभिनय रहेको म्युजिक भिडियोलाई खुशी चाम्स रोदुङ (रविना राई) ले निर्माण गरेकी हुन् भने छायाँकार वीरेन्द्र भट्टले भिडियो खिचेका छन् ।

युवा नृत्यनिर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने प्रसिद्ध नृत्य निर्देशन कमल राईको रहेको छ । गीत तथा भिडियोले सबैखाले स्रोता तथा दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।