कास्कीमा बस दुर्घटना, चालकको मृत्यु

कास्कीमा बस दुर्घटना, चालकको मृत्यु



पोखरा-बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।

भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घुम्तीस्थित पोखरा-बागलुङ सडकखण्डमा गुडिरहेको बस सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार घाइते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते हुनेमा बागलुङ नगरपालिका-६ लहरेपीपलका २९ वर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गाका ४८ वर्षीया कृष्ण खड्का, बागलुङ नगरपालिका-१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ, उनका बुबा ८५ वर्षीय उमलाल श्रेष्ठ, बागलुङ नगरपालिका-२ का ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका-४ का ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महागनरपालिका-३ की साधना उपाध्याय र अन्नपूर्ण गाउँपालिका-३ पाउदुरका माया विक छन् ।