आजको पञ्चाङ्ग एवम् राशिफल (१२ मंसिर २०७८ आइतबार, २८ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ मंसिर २०७८ आइतबार, २८ नोभेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष १२ गते तद्अनुसार सन् २०२१ नोभेम्बर २८ तारिख आइतबार मार्गशीर्ष कृष्णपक्ष नवमी तिथि पूर्वाफाल्गुणी नक्षत्र विषकुम्भ योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३६ मा र सूर्यास्त साँझ १७ः६ बजे हुनेछ ।

आजको राशिफल

मेष – लामो यात्राको प्रक्रिया अघि बढ्ला । हठ देखाउनु आफ्नै लागि प्रतिकुल सावित हुनेछ, मनमा धैर्य राखी व्यवहार गर्नुहोला । साँझपख उल्लास बढ्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । आँट उत्साह बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

वृष – प्रतिष्ठा जोगाउने प्रयत्नमा सफलता मिल्नेछ । सहयोगीले साथ दिनेछन् भने प्रतिष्पर्धीले हार खानेछन् । केही खर्च लागे पनि सफलता मिल्नेछ । मिश्रित समय छ । धनको आगमन र ब्यय बराबरजस्तो रहला । हासविलासमा आकर्षण बढ्नेछ । दौडधुप बढ्नेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – भौतिक साधन जुट्नेछन् । ठूलै प्रयत्न गर्दा सामान्य लाभ मिल्ला । सामान्यतया सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनु हुनेछ । आयस्रोत वृद्धि हुनेछ । सफलता र समृद्धिको प्राप्ति हुनेछ ।

कर्कट – आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अप्रिय समाचारले मन खिन्न तुल्याउला । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – भौतिक साधन बिग्रँदा मन खिन्न होला । दिउँसो काम बनेर उत्साह बढ्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – सहयोगीले काममा साथ दिनेछन् । बिग्रेको सम्बन्धहतमा सुधार आउला । शुभ र भाग्यबर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेट्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – फुर्सदिलो समय छ । मनको डर उत्साहमा रुपान्तरण होला । रमाइलो यात्राको योग छ । जोखिमपूर्ण कार्य रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ होला । ठगी तथा विश्वासघातप्रति सचेत रहनुपर्नेछ । जोखिम बढ्न सक्छ तर गोप्य काम बन्नेछ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हीतकर रहला ।

वृश्चिक – सवारीमा सावधानी अपनाउनुहोला । टाढिएका साथीभाइ नजिक हुँदा हर्ष बढ्ला । कार्यमा सफलता मिल्नेछ । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला । साझेदारीको काम बन्नेछ । यात्रापरक सफल हुनु हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । आर्थिक लगानीमा बृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – सहयोगीको भर पर्दा काममा बाधा पुग्न सक्छ, आज अर्काको भर नपर्नु नै बेस हुनेछ । धन मान साहस भने बढ्नेछ । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

मकर – प्रेम र मित्रताको बन्धन कसिलो होला । विशेष सभा–समारोहमा सरिक हुनुपर्ला । उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसे राम्रो रहला । प्रयासरत काम बन्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्ला । सन्तानको सहयोग मिल्नेछ ।

कुम्भ – नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । पारिवारिक आत्मियता बढ्नेछ । यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्नेछ ।

मीन – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न होला । ठूलो आवश्यकता परिपूर्ति हुन सक्नेछ । ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।