१३ मंसिर २०७८, सोमबार

एनआरएनएको १०औँ महाधिवेशन आगामी पुस ४ र ५ गते आयोजना गरिने

  प्रकाशित मिति
३ मंसिर २०७८, शुक्रबार १५:४८


नयाँ नेतृत्वको लागि मंसिर २९ गते निर्वाचन

परराष्ट्र मन्त्रालयद्वारा परिपत्र जारी गरी आकस्मिक रूपमा स्थगित गरिएको गैरआवासीय नेपाली सङ्घको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी पुसको पहिलो साता अयोजना हुने भएको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएअनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भएको छलफलपश्चात् आगामी डिसेम्बर १९ र २० (पुस ४ र ५ गते) १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन र सङ्को कार्यसमितिको नयाँ नेतृत्वको लागि डिसेम्बर १५ (मंसिर २९) का दिन निर्वाचन हुने गरी तय गरिएको छ ।

अध्यक्ष पन्तले सङ्को निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा समस्त महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

थाइल्याण्डबाट उपचारार्थ चीन पुऱ्यााइएका नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । गत

शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार कायम गरिएको छ । सरकारी

तस्बिर : रासस नेकपा (एमाल) को अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको

रामदेव अहिले प्रचण्डका महान् ‘क्रान्तिकारी’ गुरु बनेका छन् । वास्तवमा यो त्यति उदेकलाग्दो कुरा होइन किनभने यी दुवैजना व्यक्तिगत फाइदाको