पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विप्लवले गरे नेपाल बन्दको घोषणा

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विप्लवले गरे नेपाल बन्दको घोषणा



पेट्रोलियम पदार्थमा लगातार गरिएको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । जनसरोकारका विषयमाथि भएको अन्यायपूर्ण उत्पीडनलाई टुलुटुलु हेरेर बस्न नसकिने भन्दै सो पार्टीले यही कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।

बिहीबार वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । विज्ञप्तिमार्फत विप्लवले बिहीबार देशव्यापी विरोध गर्ने, २६ गते शुक्रबार मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गरिने, २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकालिने अनि ३० गते नेपाल बन्द गर्ने जनाएका छन् ।