नेप्सेले किन रोक्यो प्रभु बैंकको कारोबार ?

नेप्सेले किन रोक्यो प्रभु बैंकको कारोबार ?


आर्थिक नियमविपरीत गइ प्रभु बैंकले अवैधानिक क्रियाकलाप गरेको आशंकामा नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्से’ले सो बैंकको कारोबार रोक्का गरेको छ । प्रभु बैंकले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको शंका गर्दै बैंकसँग ७ दिने स्पष्टीकरणसहित नेप्सेले कारोबार रोक्का गरेको हो ।

बताइएअनुसार प्रभु बैंकले लाभांश वितरणका सम्बन्धमा धितोपत्र सूचीकरण विनियमावली २०७५ को नियम ५ गम्भीर उल्लंघन गरेको नेप्सेको ठहर छ । धितोपत्रसम्बन्धी विनियमावलीमा कारोबार अवधिभित्रै लाभांश घोषणा गर्न नपाउने व्यवस्था छ तर प्रभु बैंकको कात्तिक २३ गते १ देखि ३ बजेको अवधिमा सञ्चालक समितिको बैठक बसी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कारोबार अवधिमा बैठक बसेर लाभांश घोषणा गर्नुको कारण लेखेर पठाउन नेप्सेले प्रभु बैंकलाई पत्राचार गरेको बुझिएको छ । बैंकको यस गतिविधिका कारण धितोपत्र कारोबार तथा मूल्यसँग सम्वन्धित संवेदनशील सूचना र जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकरीबाट वञ्चित गराई मूल्य प्रभावित गर्ने काम भएको नेप्सेको ठहर छ ।