तीन न्यायाधीश इजलास फर्किए

तीन न्यायाधीश इजलास फर्किए



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशमध्ये तीन न्यायाधीश इजलासमा फर्किएका छन् । सम्बद्ध सुत्रका अनुसार न्यायाधीशहरू कुमार चुडाल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सोमबार इजलास फर्किएर बन्दी प्रत्यक्षीकरणको रिट सुनवाइ गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुका लागि इजलास तोके पनि आन्दोलनरत न्यायाधीशहरूले बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने अडानका साथ इजलास बहिष्कार गर्ने बताएका थिए । बन्दीको मुद्दामा समेत सुनुवाई नहुँदा थुनामा रहेकाहरुमाथि निकै अन्याय पर्ने अनुभूतिका साथ न्यायाधीशहरु इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका स्रोतको भनाइ छ ।