आइतबार देशभर १४३ जनामा सङ्क्रमण, नौ जनाको मृत्यु

आइतबार देशभर १४३ जनामा सङ्क्रमण, नौ जनाको मृत्यु



नेपालमा आइतबार जम्मा एक सय ४३ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।

पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित सात हजार सात सय १३ छन् ।