कारखानामा मजदुर रहेका खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने ?

कारखानामा मजदुर रहेका खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने ?



खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ । उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौँ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

अमेलियो टिकटकमा एक अर्ब फलोअर पुऱ्याउने पहिलो व्यक्ति हुन् । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फ्लोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन् । २१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ । एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड १९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए ।

लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखाउने गरेका छन् । कामलाई बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन्, तर भिडिओमा उनी बोल्दैनन् ।

उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।