१३ मंसिर २०७८, सोमबार

शिक्षामन्त्री पौडेलसँग युनेस्को नेपालका प्रमुखको शिष्टाचार भेट

  प्रकाशित मिति
८ कार्तिक २०७८, सोमबार १०:५१



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड-१९ ले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको थियो । सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट गरेका थिए ।

सो भेटमा मन्त्री पौडेलले शिक्षा नै सबै नागरिकको ढोका खोल्ने अवसर भएकाले युनेस्कोलाई नेपालमा शिक्षाका क्षेत्रमा लगानी गर्न आग्रह गरे भने नेपालस्थित युनेस्कोका प्रमुख माइकलले आफूहरु नेपालमा शिक्षा क्षेत्रमा काम गर्न आएको बताउँदै यस क्षेत्रमा प्राथमिकता तोकेर दिन आग्रह गरेका थिए ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा युनेस्कोग्राम बनाउने विषयमा पनि मन्त्री पौडेल र माइकलबीच छलफल भएको थियो ।

तस्बिर रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मातृभूमिका लागि नेपाली’ले विवेकशील साझा नामक पार्टीद्वारा गरिएको भ्रामक प्रचारबाजीबाट संगठन आश्चर्यचकित भएको जनाएको छ । केही महिनाअघि नै सङ्गठनबाट

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा प्रतिबन्ध हटाउन आग्रह पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र तथा फ्रान्समा पनि कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनबाट सङ्क्रमित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते