आजको पञ्चाङ्ग एवम् राशिफल (६ कात्तिक २०७८ शनिबार, २३ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ कात्तिक २०७८ शनिबार, २३ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ कार्तिक ६ गते शनिबार तद्अनुसार सन् २०२१ अक्टुबर २३ तारिख कार्तिक कृष्णपक्ष तृतीया तिथि कृतिका नक्षत्र व्यतिपात योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०९ मा भयो र सूर्यास्त साँझ १७ः३५ मा हुनेछ ।

आजको राशिफल

मेष – समस्या पैदा भए पनि समस्याको समाधान मिल्नेछ । पारिवारिक सुख शान्ति समृद्धि प्राप्त हुनेछ । उत्साह पनि बढ्नेछ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ ।

वृष – विलास एवम् मनोरञ्जन प्राप्त होला । भ्रमणमा पनि रुचि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मित्रजनको सहयोग मिल्नेछ । सन्ततिसुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।

मिथुन – दौडधुप बढ्नेछ । ज्यादा प्रयासपछि ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । विलाससित सम्बन्धित कार्य बन्नेछ । मान महत्व बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ ।

कर्कट – समय लाभदायक छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ ।

सिंह – सफलताको दर बढ्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र तथा प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनहोला । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत रहनुपर्ला । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान मिल्नेछ । आशा उत्साह बढ्ला ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । भोगविलासमा रुचि बढ्ला ।

मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।