आजको पञ्चाङ्ग एवम् राशिफल (५ कात्तिक २०७८ शुक्रबार, २२ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ कात्तिक २०७८ शुक्रबार, २२ अक्टोबर २०२१)



अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत् ११४१ शरद ऋतु वि.सं. २०७८ कार्तिक ५ गते शुक्रबार तद्अनुसार सन् २०२१ अक्टुबर २२ तारिख कार्तिक कृष्णपक्षको द्वित्तीया तिथि भरणी नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०८ मा भयो र सूर्यास्त साँझ १७ः२६ मा हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ छ । आरोग्यता बढ्ला । शुभ कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान महत्व बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तसुख बढ्नेछ । घरपरिवारको स्थिति अनुकूलै रहला । सुख–सुविधाको वस्तु बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह थपिनेछ ।

वृष – धन–मानसित सम्बन्धित कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नु पर्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्ला । आय बढ्नेछ । लगानी उठ्नेछ । धन मान महत्व बढ्नेछन् ।

कर्कट – ग्रहगोचर शुभ र लाभदायक छ । कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ ।

सिंह – नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । वर्चश्व बढ्नेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । समस्या पर्दा कानुनको साथ प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरुसँगको व्यवहारमा यश मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।

कन्या – व्यस्त हुनुपर्ने समय छ । परिश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन पाउनुहुनेछ । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आलस्य नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । मानमा कमी आउने छैन ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोद हुनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिका समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्र माथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ-नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।