वर्षा र बाढीबाट भारतमा २२ को मृत्यु, दर्जनौँ बेपत्ता

वर्षा र बाढीबाट भारतमा २२ को मृत्यु, दर्जनौँ बेपत्ता



भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् ।

बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दर्जनौँ बेपत्ता भएका सिन्ह्वाले जनाएको छ । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखापरेको बताइएको छ ।

कोट्याम जिल्लामा बढीले बढी क्षति पुऱ्याएको स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको र बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । त्यहाँको मौसम विज्ञान विभागका अधिकारीहरुले वर्षा झै कायमै रहने बताएका छन् ।