निरुको ‘माया मेरी’मा सुधीर र उषाको रोमान्स

निरुको ‘माया मेरी’मा सुधीर र उषाको रोमान्स


गायिका निरु घिमिरेको सुमधुर स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् ।

मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् ।

गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ । जसमा सुधीर श्रेष्ठ, उषा उप्रेती, कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रियसनले निर्माण गरेका हो ।

उत्सव दाहालको छायाङ्कन र सिलन लम्सालको सम्पादन रहेको भिडियो पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक मुनाल शिशिर कोइरालाले भिडियो निर्देशन गरेका हुन् । गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने विश्वास रहेको गायिका घिमिरेले बताइन् ।

मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काए ।

भारत र नेपालबीच फाइनल खेल आगामी शनिबार राति हुने छ ।