चीनको घोषणा : जर्ज सोरस आतङ्ककारी

चीनको घोषणा : जर्ज सोरस आतङ्ककारी


आधुनिक प्रविधिको माध्यमबाट राष्ट्रपति सीले चिनियाँ समाजलाई नियन्त्रणमा राखेको भनी पटक-पटक अभिब्यक्ति दिएपछि चीनले सोरसलाई ‘विश्व आतङ्कवादी’ करार दिएको हो ।


हङ्गेरीमा जन्मिएका अमेरिकी अर्बपति जर्ज सोरसलाई चीनका सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय आतङ्ककारीको संज्ञा दिएको केही समयपछि चीन सरकारले पनि औपचारिक रूपमै आतङ्ककारी करार गरेको छ । चीनविरोधि प्रचार गरेको भनी उनलाई सरकारी मिडियाले ‘शैतान’ भनी लेखेका छन् । चीनविरुद्ध प्रचार गर्नका लागि सोरसले विश्वब्यापी रूपमै लगानी गरेको आरोप पनि चिनियाँ सञ्चारमाध्यमहरूले लगाएका छन् । हङकङबाट प्रकाशित हुने एउटा पत्रिकाका मालिकलाई आर्थिक सहयोग गरेको आरोप पनि सोरसमाथि लगाइएको छ । जर्जले जिम्मी ली नाम गरेका अखबारका प्रकाशकलाई बेइजिङविरोधि गतिविधिमा प्रयोग गरेको र सन् २०१९ को प्रदर्शनमा पनि सोरसकै आर्थिक लगानीले काम गरेको अखबारहरूले प्रकाशित गरेका छन् । चीनविरुद्धमा अफवाह फैलाएको भन्दै समाचार र लेखहरूका शीर्षकमै सोरसलाई ‘आर्थिक आतङ्कवादी’ भनी लेखिएको छ ।

चीनबाट अङ्ग्रेजी भाषामा प्रकाशित हुने पत्रिका ग्लोबल टाइम्सले सोरसलाई विश्वकै सैतान ब्यक्ति भनी लेखेको छ । चिनियाँ अखबारहरूले ९१ वर्षका अमेरिकन ब्यवसायी सोरसको ओपन सोसाइटी फाउण्डेशनको लगानीमाथि प्रश्न उठाएका छन् । जर्ज सोरसले आफ्नो लगानीमार्फत अफ्रिका, युरोप र एसियालाई विषाक्त बनाइरहेको उनीहरूको भनाइ छ । सोरसले चीनमा गरिएको लगानी ‘दुःखद गल्ती’ थियो भनी लेख लेखेपछि चीन थप आक्रोशित बन्न पुगेको हो । चीनमा गर्ने कुनै पनि लगानीले राष्ट्रपति सी जिङ पिङलाई सघाउ पुग्ने भन्दै सोरसले चीनमा लगानी नगर्न विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आएका छन् । चीनमा वैदेशिक लगानी प्रतिबन्धका बारेमा सन् २०१९ मा मात्रै ३० वटा भन्दा बढी लेखहरू लेखिएको प्रहरीले जनाएको छ, जुन कुरा चीनको राष्ट्रिय सूरक्षाका लागि निकै घातक भनिएको छ । हङकङका सबै प्रदर्शनहरू र त्यहाँ भएका चीनविरुद्धका गतिविधिहरू तिनै अमेरिकी ब्यवसायीले गरेका हुन भन्ने निष्कर्ष चीनको छ ।

विभिन्न मुलुकको सूचना लिनका लागि विभिन्न क्षेत्रमा लगानी गरेर सोरसले अन्य मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती दिएको मिडियाहरूले गम्भीरतापूर्वक उठाएका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा गत वर्ष जर्ज सोरसले राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी जिङपिङ दुवै मानव जातिका लागि अहितकर रहेको टिप्पणी गरेका थिए । वर्ल्ड इकोनोमिक फोरममा गरिएको उक्त टिप्पणीलाई चीनले आपत्तिजनक रूपमा लिएको थियो । दुई वर्षअघि सोरसले चीनले अघि सारेको राजनीतिक र आर्थिक नीतिलाई युरोपियन जनताले बुझ्न नसकेको भनी लामो लेख लेखेका थिए । आधुनिक प्रविधिको माध्यमबाट राष्ट्रपति सीले चिनियाँ समाजलाई नियन्त्रणमा राखेको भनी उनले पटक-पटक अभिब्यक्ति दिएपछि चीनले सोरसलाई ‘विश्व आतङ्कवादी’ करार दिएको हो ।

ज्ञातव्य छ, नेपालमा पनि जर्ज सोरसले संविधान निर्माणका क्रममा पत्रकार, वकील र राजनीतिजीवीहरूमाथि तीन अर्ब लगानी गरेका थिए ।