‘साइनो नेपाल’द्वारा वेलनेस टिमलाई मास्क हस्तान्तरण

‘साइनो नेपाल’द्वारा वेलनेस टिमलाई मास्क हस्तान्तरण



साइनो नेपाल मिडिया सोसाइटीले बाग्लुङको ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको वेलनेस टिमलाई मास्क हस्तान्तरण गरेको छ ।

सो संस्थाकी अध्यक्ष नितु खड्कालाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष खड्काले आफूले संचालन गर्दै आएको कार्यक्रमलाई सहयोग गरेकोमा साइनो नेपाल मिडिया सोसाइटीलाई धन्यवाद दिनुभयो ।

सोसाइटीका अध्यक्ष पोडेलले यस्ता कार्यक्रमलाई देशब्यापी रुपमा लैजानुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सोसाइटीका महासचिव दीपक रिजाललगायतको उपस्थिति रहेको थियो ।