डडेल्धुरामा सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडेल्धुरामा सस्तोमा चामल बेच्दै नेपाल खाद्य संस्थान


  • डम्बर निदाल, डडेल्धुरा

नेपाल खाद्य संस्थानले डडेल्धुरामा चाडपर्व नजिकिएसँगै सस्तोमा चामल बिक्री गर्न थालेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारको बसपार्कनजिकै रहेको खाद्य संस्थानको गोदाममा मोटो र मसिनो चामल बजार भन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।

जिल्लामा जारी निषेधाज्ञाको समयमा पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यही असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको जनाएको छ । मसिनो चामल ३० किलोग्रामको बोरा १ हजार ५ सय १५ रुपैयाँमा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए । सामान्य तया अरु समयमा संस्थानले यस चामललाई १ हजार ६ सय २५ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

यस्तै मोटो चामल ३० किलोग्रामको बोरालाई १ हजार २ सय १५ रुपैयाँ पर्ने उनले बताए । दैनिक ४–५ कुन्टलको अनुपातमा चामल बिक्रि हुने गरेको उनले बताए । संस्थानको चामल अलग्गै प्याकेजिङ्ग हुने गरेको छ । ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने गरेको उनको भनाइ छ ।