डडेल्धुरामा वेवारिस अवस्थामा युवकको शव

डडेल्धुरामा वेवारिस अवस्थामा युवकको शव


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा बेवारिस अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको परशुराम नगरपालिका–६ कुणास्थित महाकाली किनारमा सोमबार एक युवकको बेवारिस अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी २७ वर्षीय युवकको शव सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।