मंगलबार कोभिडका कारण १९ जनाको मृत्यु, १५६२ जना संक्रमित थपिए

मंगलबार कोभिडका कारण १९ जनाको मृत्यु, १५६२ जना संक्रमित थपिए



नेपालमा मंगलबार थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप ४०४ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५८९ कोरोना संक्रमणमुक्त भएका छन् भने देशभर २६ हजार २०२ सक्रिय संक्रमित रहेका छन् ।