TCLको ‘क्यासब्याक र बम्पर उपहार’ योजना सार्वजनिक

TCLको ‘क्यासब्याक र बम्पर उपहार’ योजना सार्वजनिक


इलेक्ट्रोनिक्स ब्राण्ड TCLले नेपालीहरूको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘यस दशैँ तिहार, TCLमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत TCL ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । रु ५८,७०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहारअन्तर्गत दुई जना भाग्यशाली ग्राहकले ५५ इन्चको TCL कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।

यस योजनाअन्तर्गत TCLका विभिन्न सामानहरू जसमा एलइडी टिभीको खरिदमा रु ५८,७०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा रु २०,१०० रुपैयाँ सम्मको, एसीको खरिदमा रु ५१,५०० रुपैयाँ सम्मको साथै रु ४,००० रुपैयाँ बराबरको निःशुल्क एसी जडान र वाटर डिस्पेन्सरको खरिदमा रु ४,२०० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै TCLले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र नि:शुल्क डेलीभरी पनि प्रदान गर्ने बताइएको छ ।

भाद्र २७, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको यस योजनाअन्तर्गत TCLका सामानहरू खरिद गरेपश्चात ग्राहकले आफुलाई बम्पर उपहारमा सहभागी गराउन TCLFO टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखेर ३१००१ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

TCL ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेको छ ।