२९ भाद्र २०७८, मंगलवार

बेचिएको सात वर्षपछि नेपाल फर्किएर उजुरी दिएपछि महिला पक्राउ

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार ०४:२४



१३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका-६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका-९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

‘विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गुर्भाकोट नगरपालिका-९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन्’, प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।’ प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

केदार मगर, खोटाङ चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ ।

चरन क्षेत्रको अभाव, जङ्गली जनावरको आक्रमण जस्ता कारणले ताप्लेजुङ उच्च क्षेत्रका स्थानीयवासी पशुपालनतर्फ निरुत्साहित हुँदै गएका थिए तर नाका बन्दले

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर