सोमबार थपिए १४८६ संक्रमित, थप सोह्रको मृत्यु

सोमबार थपिए १४८६ संक्रमित, थप सोह्रको मृत्यु



नेपालमा सोमबार १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६,५३९ वटा नमूना (पीसीआर १२,५३२ र एन्टीजेन ४,००७) परीक्षण गर्दा उल्लिखित संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टा अवधिबीच नेपालभर १६ जनाको मृत्यु भएको र १२६० जना डिस्चार्ज भएका पनि मन्त्रालयले जनाएको छ । यस आधारमा हालसम्म नेपालमा ७ लाख भन्दा बढी संक्रमित छन् भने १०,९६५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, गत २४ घण्टामा ९१ हजार ८३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने अहिलेसम्म आईसीयूमा ४७५जना, भेन्टिलेटरमा १३४ जना, होम आइसोलेशनमा २४,९५८ जना, संस्थागत आइसोलेशनमा १,६७२ र क्वारेन्टाइनमा २६२ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।