बागमती प्रदेशमा नेकपा (एस) संसदीय दलको नेतामा पाण्डे चयन

बागमती प्रदेशमा नेकपा (एस) संसदीय दलको नेतामा पाण्डे चयन



मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी

नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन् । नेकपा (एस) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

प्रदेशसभा सदस्य बसुन्धरा हुमागाइँका अनुसार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो दलको तर्फबाट समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको छ । मुख्यमन्त्री कार्यालयलगायतलाई पनि आफ्नो दल अलग्गिएको र निर्वाचन आयोगले दललाई मान्यता दिएको जानकारी गराएको उनको भनाइ छ ।

अब गठबन्धनसँग छलफल गरेर मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरिने जानकारी दिँदै उनले सोमबार गठबन्धनको बैठक बस्ने र प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा छलफल हुने बताइन् ।