२९ भाद्र २०७८, मंगलवार

पाकिस्तानले काबुल नियमित उडान शुरु गर्ने

  प्रकाशित मिति
२७ भाद्र २०७८, आईतवार १०:२५



पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमित रुपमा इस्लामावाद-काबुल उडान पुनः शुरु गर्ने भएको छ ।

पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ ।

पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो ।

अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो ।

त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर

सनत आचार्य, बेल्जियम चितवन सहायता कोष (क्याट) बेल्जियमले कोष अभिवृद्धिका लागि आज (सोमबार) बेल्जियमको लुभेन शहरमा बारबेक्यु पार्टीको आयोजना गरेको

अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय

हरेक सचेत नेपालीलाई जानकारी भएकै कुरा हो कि केपी ओलीलाई विस्थापित गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न