कराते टोली स्विट्जरल्यान्ड जाने

कराते टोली स्विट्जरल्यान्ड जाने



एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली स्विट्जरल्यान्डको बसेल प्रस्थान गरेको छ ।

सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् ।

अफिसियलमा प्रज्ज्वलप्रतीक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने हुन्छ ।