अष्ट्रेलियावासी सापकोटालाई कांग्रेसले दियो यस्तो जिम्मेवारी

अष्ट्रेलियावासी सापकोटालाई कांग्रेसले दियो यस्तो जिम्मेवारी


  • राजन घिमिरे

लामो समयदेखि प्रवासमा रहे पनि नेपाली कांग्रेससँग आवद्ध रहेका प्रेम सापकोटालाई नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले ओसियाना राज्यको उपसमिति प्रमुखको जिम्मेवारी दिएको छ।

हाल सिड्नी (अष्ट्रेलिया)मा रहेका सापकोटालाई विभागले पत्र पठाइ जिम्मेवारीबारे औपचारिक जानकारी गराएको छ । ओसियानामा अष्ट्रेलिया र न्यूजल्याण्ड लगाएतका देशहरू समेटिएका छन् ।

प्रेम सापकोटा भारतपछि तेस्रो मुलुक हङकङमा पहिलोपटक स्थापना गरिएको जनसम्पर्क समिति हङकङका पहिलो अध्यक्ष हुन् । जनसम्पर्क समिति हङकङमा सन् १९९२ मा स्थापना भएको थियो ।

कांग्रेसले यो ज़िम्मेवारी दिएपछि सापकोटाले आफू पार्टीको जिम्मेवारीलाई गहन र कर्तब्यपरायणताका साथ पूरा गर्ने बताएका छन् । उनले भनेका छन्- ‘ओसियाना क्षेत्रमा नेपाली कांग्रेसलाई बलियो बनाउँदै सबैलाई समेटेर सबैको सरसल्लाह र सुझावलाई बोकेर अगाडि बढ्ने छु ।’