जापानमा रोजगारी गर्दै आएका बागलुङका केसीको उपचारका क्रममा मृत्यु

जापानमा रोजगारी गर्दै आएका बागलुङका केसीको उपचारका क्रममा मृत्यु


  • जापान प्रतिनिधि

बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर ९ घर भइ वैदेशिक रोजगारीको सिलसिलामा टोकियो (जापान)को निप्पुरीमा रहँदै आएका ४६ वर्षीय भीमबहादुर केसीको शनिबार (१९ भदौ) बिहान निधन भएको छ ।

केही समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी रहेका केसी पछिल्लो एक महिनादेखि अस्पतालमा रहेर उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार बिहान असामयिक निधन भएको केसीको पारिवारिक स्रोतले जानकारी दिएको छ । करिव ८ वर्षदेखि जापानमा कुक भिषामा कार्यरत रहेका केसी केही समयदेखि सख्त बिरामी भइ नियमित उपचारका क्रममा थिए ।

श्रीमतिसँगै बस्दै आएका केसी बिरामी भएकै कारण नियमित काम गर्न नसक्दा र अस्पतालमा उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्दा आर्थिक अवस्थामा समेत कमजोर बन्दै गएका थिए ।

नेपालमा उनका दुई दाजु र उनीहरुको परिवार रहेका छन् । केसीको जापानमा नै सोमबार दिउँसो १ बजेबाट माचियामा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ ।