मोतिराजको ‘गाइजात्रा’मा नेतालाई झटारो

मोतिराजको ‘गाइजात्रा’मा नेतालाई झटारो



गाइजात्रा पर्वको अवसर पारेर मन्जरी डिजिटलले ब्यंग्यात्मक सांगीतिक कोशेली ‘गाइजात्रा’ बजारमा ल्याएको छ । गायक तथा स्रष्टा मोतिराज खनालको शब्द चुमान काउछा मगरको लय तथा एरेन्जमा २०७८ सालको गाइजात्रा मन्जरी डिजिटलले बजारमा ल्याएको हो ।

गाइजात्रे म्युजिकल भिडियोमा गायक देवेन्द्र काउछा जिएम र वन्दना पाण्डेको आवाज रहेको छ । नेताहरूमाथि ब्याङ्यबाण प्रहार गरिएको उक्त ‘गाइजात्रा’मा कलाकार मोतिराज खनाल (मटुलेवा), गान्धिभ सुवेदी, रोशनी न्यौपाने, सजिना लामिछाने, केशव पाण्डे (मुस्काने जेठा), लक्ष्मण चापागाईं (थैले), गीता पराजुली शिभाङ्गी क्षेत्रीको जोडदार अभिनय रहेको छ ।

बेथिति र विसङ्तिको उजागर गरिएको गाइजात्रामा कमेडियन कलाकार मोतिराज खनाल मटुलेबा र रोशनी न्यौपाने बाटुली आमाको भूमिकामा कविताको शैलीमा वाचन गरेको गाइजात्रा निकै रोमाञ्चित छ । निकै मिठो गीतको लयमा बनेको गाइजात्राले नेपालको परिवेशलाई झल्काउन खोजेको छ ।

गाइजात्राको भिडियोमा संलग्न रहेका कलाकारहरूको दमदार प्रस्तुति रहेको देख्न सकिन्छ । यो गाइजात्राको भिडियो सम्पादन र प्रकाशको काम दवेन्द्र काउछा जिएमले गरेका हुन् ।

कलाकार मोतिराज खनालका शब्द लय र आवाजमा रहेका थुप्रै गीत बजारमा आइसकेका छन्, गाइजात्राचाहिँ खनालको दोस्रो प्रस्तुति हो ।