आजको पञ्चाङ्ग एवम् राशिफल (९ भदौ २०७८ बुधबार, २५ अगस्त २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ भदौ २०७८ बुधबार, २५ अगस्त २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र ९ गते बुधबार तद्अनुसार सन् २०२१ अगस्त २५ तारिख भाद्र कृष्णपक्ष तृतीया तिथि उत्तराभाद्रपद नक्षत्र धृति योग बब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त साँझ १८ः३० मा हुनेछ ।

आजको राशिफल

मेष – सुखसुविधाको वस्तुमा धन खर्च हुनेछ । सामान हराउने डर रहला । ग्रहगोचरको प्रभावस्वरुप हासविलासमा आकर्षण बढ्ला । भागदौड बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनु हितकर होला । अरुको भर पर्नु उचित नहोला ।

बृष – सुख तथा आनन्द बढ्नेछ । आरोग्यता रहला । अन्नधन वृद्धि हुनेछ भने आयस्रोत पनि बढ्नेछ । आफन्तसुख मिल्नेछ । सुखसुविधाको वस्तु उपलब्ध होला । दौडधुप भैरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्नेछ । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – उन्नति पदोन्नति हुनेछ । आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित होला । रोकिएको काम बन्नेछ । ख्याति फैलिनेछ ।

कर्कट – मिष्ठान्न भोजन मिल्नेछ । आयस्रोतका साथै सुख समृद्धि बढ्नेछ । यश गौरवमा पनि बढोत्तरी होला । यात्रापरक कार्य आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेमको क्षेत्रमा सफलता मिल्ला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । भोगविलासमा रुचि रहनेछ ।

सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनुहोला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर आइपर्न सक्छ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

कन्या – साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुखसयल विलासमा आकर्षण बढ्ला ।

तुला – कार्ममा सफलता मिल्नेछ । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु उत्तम रहला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – मनोकूलको काम बन्नेछ । रोकिएको धन उठ्नेछ । दायित्व निर्वाहमा सहजता अनुभूति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखापरेसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हितकर होला । स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु शुभदायी रहला ।

मकर – दिन शुभ फलदायक रहनेछ । आय वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । दायित्व पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्वजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुखशान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । यात्रको योग छ । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । मित्रजन र सन्तानबाट सुख बढ्ला ।