आजको पञ्चाङ्ग एवम् राशिफल (६ भदौ २०७८ आइतबार, २२ अगस्त २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ भदौ २०७८ आइतबार, २२ अगस्त २०२१)


आज रक्षाबन्धन : बिहान ९ देखि ११ बजेभित्र लाभ र अमृत बेलामा बाँध्नु शुभ रहला


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र ६ गते आइतबार तद्अनुसार सन् २०२१ अगस्त २२ तारिख श्रावण शुक्लपक्षको पूर्णिमा तिथि धनिष्ठा नक्षत्र शोभन योग भद्रा करण ०ः१६ पर चतुष्पाद करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मकर राशिमा ८ः३७ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३३ मा हुनेछ । ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमा, संस्कृत दिवस । रक्षाबन्धन बिहान ९ देखि ११ बजेभित्र लाभ र अमृत बेलामा बाँध्नु शुभ रहला ।

आजको राशिफल

मेष – समय शुभ र समृद्धिवर्द्धक छ । आरोग्यता बढ्ला । शुभ कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान महत्व बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्त सुख बढ्नेछ । घरपरिवारको स्थिति अनुकूलै रहला । सुख–सुविधाको वस्तु बढ्नेछन् । नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह थपिनेछ ।

बृष – आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । भ्रमणमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मान महत्व धन–सम्पत्ति सुख–समृद्धिमा वृद्धि हुनेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न रहनेछ ।

कर्कट – जोखिममा नपर्नुहोला । ग्रहगोचर मिश्रित फलदायक छ । अन्नधनमा कमी आउने छैन । कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ ।

सिंह – शुभ र सफलताकारक छ । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नियम कानुनको साथ रहला । योजना र बजेट बनाई कार्य गर्नु बेस हुनेछ । उच्चाधिकारीहरूसँगको व्यवहारमा यस मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता चलिरहनेछ ।

कन्या – समय शुभ र भाग्यवर्द्धक छ । परिश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख–सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याति फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । आलस्य नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितीमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्वमा कमी आउनेछैन ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता पाउन अत्यन्तै अनुकूल समय छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बलविवेकले काम गर्नु बेस रहला । विवाद आदिका समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्वलाई पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयपथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।