आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०७८ शुक्रबार, २० अगस्त २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०७८ शुक्रबार, २० अगस्त २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र ४ गते शुक्रबार तद्अनुसार सन् २०२१ अगस्त२०तारिख श्रावण शुक्लपक्ष त्रयोदशी तिथि उत्तराषाढ़ा नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा आनन्द योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३५ मा हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । आरोग्यता बढ्नेछ ।

बृष – धनसम्पत्ति बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभ काममा सफलता प्राप्त होला । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय प्राप्त हुनेछ । समय अनुकूल नै छ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्र सन्तान आदिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ ।

मिथुन – विलासमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । जोखिममा नपर्नु उचित हुनेछ । समय फलदायक नै छ । मिठो भोजन प्राप्त हुनेछ । जीवनमा सुख शान्ति बढ्नेछ । सार्वजनिक कार्यमा सफलता प्राप्त हुनेछ । नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । इष्टमित्र सन्तान आदिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ ।

कर्कट – आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मान महत्वमा कमी आउनेछैन । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण अनुकूल रहनेछ । सुख र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहला ।

सिंह – मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । भागदौड बढ्ला । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।

तुला – आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड जारी रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्नेछन् । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

वृश्चिक – मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा परक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र सन्तानसुख बढ्ला ।

धनु – मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उन्नति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछौ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।