आजको पञ्चाङ्ग एवम् राशिफल (२ भदौ २०७८ बुधबार, १८ अगस्ट २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ भदौ २०७८ बुधबार, १८ अगस्ट २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री सूर्योदक्षिणायने श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु राक्षसनामक सम्वत्सर वि.सं. २०७८ भाद्र २ गते बुधबार तद्अनुसार सन् २०२१ अगस्त १८ तारिख श्रावण शुक्लपक्ष एकादशी तिथि मूल नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३७ बजेमा हुनेछ । पुत्रदा एकादशीव्रत ।

आजको राशिफल

मेष – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ । कर्ममा प्रवृत्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । यस वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्ला । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । पारिवारिक सौहार्दता बढ्नेछ । व्यापारमा सफलता मिल्नेछ । वस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

बृष – समय मिश्रित फलदायक रहनेछ । व्यस्तता बढ्नेछ । जोखिममा नपर्नुहोला । मिष्टान्न भोजन प्राप्त होला । कार्यसफलताको योग छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । ऋण, रोग र शत्रुप्रति सचेत रहनुपर्ला ।

मिथुन – समस्याको समाधान मिल्नुका साथै रोकिएका काम बन्नेछन् । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । इष्टमित्रले सहयोग दिनेछन् । आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । पारिवारिक सुख शान्ति र समृद्धि बढ्नेछ ।

कर्कट – व्यस्तता बढ्नेछ तर समस्याको समाधान मिल्नेछ । मित्रजनबाट सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

सिंह – प्रेममा प्रगति हुनेछ । ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या – बढी प्रयास र परिश्रमले मात्र काम बन्नेछ । व्यस्तता बढ्ला तर समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला – स्वास्थ्यमा सुधार आउनेछ । नयाँ सम्भावना देखापर्ने छ । प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक – सफलता र समृद्धि प्राप्त हुनेछ । विलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ ।

धनु – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ ।

मकर – खर्च बढ्नेछ । सुख र व्यस्तता पनि बढ्ला । रोकिएको काम कठोर प्रयत्नले होला । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान बढ्नेछ । पारिवारिक सुख शान्ति वृद्धि होला ।

कुम्भ – कार्यमा सफलता प्राप्त होला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्व पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला ।

मीन – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्लान् । दूरदेशको यात्रा होला । हांसविलासमा रुचि बढ्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । उत्साह बढ्नेछ ।