नितिनले गराए सुधीर र नग्माको रोमान्स

नितिनले गराए सुधीर र नग्माको रोमान्स



लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको छ । नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् ।

मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन तथा विष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युबबाट सार्वजनिक भएको हो ।