नेपाल ल क्याम्पसलाई पुस्तक र दश लाख दान दिँदै प्राध्यापक सुवेदी

नेपाल ल क्याम्पसलाई पुस्तक र दश लाख दान दिँदै प्राध्यापक सुवेदी


लण्डन । त्रिभुवन विश्वविद्यालयबाट एलएलबी अनि एमए गरेर नेपालमै सरकारी अधिवक्ता रहेर १९८६ मा ब्रिटिश काउन्सिल छात्रवृतिमा बेलायत सरेर हल युनिभर्सिटी अनि अक्स्फोर्डबाट एलएलएम अनि पीएचडी हासिल गरेर न्यायशास्त्री रहेर विगत ३० वर्षदेखि बेलायतको विभिन्न विश्वविद्यालयहरुमा अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको प्राध्यापन गरिरहेका सूर्य सुवेदीले आफ्नो अध्ययन जीवन तथा कार्यकाल जीवनमा खरिद गरेका अनि सोही अवधिमा उनीद्वारा लेखिएका दर्जनौं पुस्तकहरु आफ्नै खर्चमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ल क्याम्पसलाई दश लाख नगद दिने भएका छन्, जो कानूनका विद्यार्थीहरुका लागि अति नै अभूतपूर्व उपलब्धी हुनेछ ।

QC, OBE, DCL सूर्य प्रसाद सुवेदी एक अन्तर्राष्ट्रिय न्यायशास्त्री हुन् । उनी लीड्स विश्वविद्यालयको अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक हुन् भने इन्स्टिच्यूट डे ड्रोइट इन्टरनेशनलका सदस्य तथा लण्डनमा व्यारिस्टर हुन् । उनी कम्वोडियामा मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघको विशेष समूहमा रहेका थिए । सुवेदीले अन्तर्राष्ट्रिय मानव अधिकार कानून, अन्तर्राष्ट्रिय लगानी कानून, समुद्री कानून, डब्ल्यूटीओ कानून र अन्तर्राष्ट्रिय वातावरण कानूनमा विविध पुस्तकहरु लेखेका छन् ।

२०१७ मा सुवेदीलाई बेलायतकी महारानीको परामर्शदाता (क्यूसी) नियुक्त गरिएको थियो जुन अन्तर्राष्ट्रिय कानूनको विकास र मानवअधिकारको प्रगतिमा उनको योगदानको सम्मानका लागि २०१७ मा नियुक्त गरिएको थियो । जनवरी २०१७को बेलायती सरकारको एक प्रेस विज्ञप्तिमा भनिएको थियो कि सुवेदीले अन्तर्राष्ट्रिय स्तरको स्थायी अवधिमा एउटा अनौठो योगदान शीर्षकको अन्तर्राष्ट्रिय कानूनको विकास गर्न र मानवअधिकारको लागि बेलायती सरकारलाई अग्रसर गराएको थियो । यसभन्दा अगाडि अर्थात् २००४ मा अन्तर्राष्ट्रिय कानूनमा उनको सेवाको लागि उनलाई ओबीई टाइटलले सम्मान गरिएको थियो ।

बेलायतमा सरकारी तथा गैरसरकारी विविध संघसंस्थाहरुमा योगदान दिने ओबीई सुर्य सुवेदीले गैरआवासीय नेपाली संघको बेलायत शाखालाई केही वर्ष प्रमुख संरक्षकत्व प्रदान गरेका थिए ।

अनुभव तथा दक्षताका खानी रहेका प्रो. सूर्य सुवेदीले कानूनका विविध विषयहरुउपर अध्ययन गरेका पुस्तकहरु तथा उनका ज्ञानलाई लिपिवद्ध भएका पुस्तकहरु प्रदान गर्ने भएबाट नेपालमा कानूनका विद्यार्थीहरु अति नै लाभान्वित हुने छन् ।

तस्वीर : नरेन्द्र बस्नेत