एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन



दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए । बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारारत भुजेललाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । भुजेल हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए भने उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए ।

भुजेलको निधनलाई एनआरएन कोरियाले आधिकारिक रुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको राससले जनाएको छ । उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरेको छ ।

दिवंगत भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए । उनका श्रीमती र छोराछोरी हाल नेपालमा छन् ।