शिल्पा सेट्टीका पतिले पोर्न फिल्मलाई धन्दा बनाएपछि…

शिल्पा सेट्टीका पतिले पोर्न फिल्मलाई धन्दा बनाएपछि…



बलिउडकी चर्चित अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ । पोर्न फिल्म बनाएको आरोपमा कुन्द्रा प्रहरीको फन्दामा परेका हुन् । कुन्द्रा भारतका चर्चित व्यापारी हुन् र, बेला–बेला यस्तै विवादास्पद कार्यका लागि उनी चर्चामा आउने गरेका छन् ।

कुन्द्रालाई सोमबार राति मुम्बई पुलिसले पक्राउ गरेको हो । पुलिसले कुन्द्रामाथि पोर्नोग्राफिक फिल्म बनाएर केही एपमा प्रकाशित गरेपछि पक्राउ गरिएको जनाएको छ । साथै पुलिसले कुन्द्राको विरुद्धमा आफुसँग पर्याप्त प्रमाण रहेको दाबीसमेत गरेको छ ।

राज कुन्द्राले अश्लील फिल्म बनाउने गरेको गत फेब्रुअरी महिनामा खुलासा भएको मुम्बई पुलिस कमिस्नरले जनाएका छन् । यसको जानकारी पाएपछि फेब्रुअरी २०२१ देखि नै उनमाथि पुलिसले निगरानी राख्दै आएको थियो ।

पुलिस कमिस्नरका अनुसार राज कुन्द्राको विरुद्धमा एक महिलाले पुलिसमा उजुरी दर्ता गरेकी थिइन् । पुलिसमा दर्ता गरिएको उक्त उजुरीमा ती महिलाले कुन्द्रामाथि आरोप लगाउँदै भनेकी छिन्- ‘कुन्द्राले पहिले कलाकारको वेव सिरीज र सर्ट फिल्म बनाउनको लागि प्रस्ताव गर्ने र, त्यसपछि जबर्जस्ती फोर्न फिल्म बनाउने कार्य गर्दै आएको उजुरीमा बताएकी छन् । ती महिलाको उजुरीपछि कुन्द्रा यस धन्दामा ‘मास्टर माइन्ड’ नै भएको खुलासा भएको थियो । अहिले कुन्द्रासँगै अन्य पाँच जना आरोपीलाई मुम्बई क्राइम बान्चले हिरासतमा लिएको छ ।

राज कुन्द्राले केन्द्रिन नामको एउटा कम्पनी खोली त्यसको दर्ता इङ्गल्याण्डमा गरेका थिए । साइबर क्राइमबाट बच्न कुन्द्राले कम्पनी इङ्गल्याण्डमा दर्ता गराएको प्रहरीको ठम्याइ छ । उनले यही संस्थाको आडमा अश्लील फिल्म प्रदर्शन गर्दै आएका थिए । यो कम्पनीको निर्देशक कुन्द्रा परिवारकै व्यक्ति भएको पनि प्रहरीले खुलासा गरेको छ । यो कम्पनी मुम्बई र भारतका विभिन्न ठाउँमा अश्लील भिडियोको सुट गर्दै आएको पनि प्रहरी बताएको छ ।

राज कुन्द्राले यो व्यवसायमा १० करोड भारतीय रुपैयाँ लगानी गरेको बताइएको छ । गत फेब्रुअरीदेखि नै यसको जाँचमा लागेको क्राइम ब्रान्चले हालै उमेश कामत नामको ब्यक्तिलाई पक्राउ गरेपछि कुन्द्राको पोल खुलेको थियो । त्यसपछि पुलिसले कुन्द्रालाई सोधपुछका लागि अफिस बोलाएको थियो । सामान्य सोधपुछपछि कुन्द्रालाई पक्राउ गरिएको हो ।