‘तिम्रो मेरो साथ’ डबिङमा

‘तिम्रो मेरो साथ’ डबिङमा


  • राजन घिमिरे

दर्शकहरूले प्रतीक्षा गरेको फिल्मको रूपमा लिइएको चलचित्र ‘तिम्रो मेरो साथ’को स्वराङ्कन (डबिङ) शुरू भएको छ । चलचित्रको रेड स्टुडियोमा डबिङ शुरू भएको हो ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको यो चलचित्रका लेखक तथा कार्यकारी निर्मातामा सवीर श्रेष्ठ रहेका छन् भने छायाङ्कार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन् । यो चलचित्र नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ भने नेपालमा दशैँ र तिहारको बीचको समयमा रिलिज गरिने जानकारी दिइएको छ ।

बोधी एचडी र आर्यन फिल्मसको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल, सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारहरूको अभिनय रहेको छ ।