१३ श्रावण २०७८, बुधबार

सबैको मन जितिरहेका जितबहादुर अर्थात् जितु नेपाल !

  प्रकाशित मिति
१ असार २०७८, मंगलवार ०५:५१


  • राजन घिमिरे

हेर्दा निकै सामान्य लाग्दछन् जितबहादुर नेपाल, अर्थात जीतु नेपाल । आज नाम, दाम र शानको शिखरमा पुग्दा पनि उनमा दम्भ र घमण्ड कतै र कहिल्यै पनि देखिएन । संघर्ष, दुःख, कष्ट र त्यागका थुप्रै पहाडहरू चढेका जीतु नेपाल नेपाली हांस्य कलाकारिता फाँटका ठूलो छाती र सोच भएका कलाकार हुन् ।

कलाकारिता क्षेत्रमा निकै सामान्य तरिकाले प्रवेश गरेका थिए जितु नेपाल । न त कलाकारितामा उनको पारिवारिक ब्याकग्राउण्ड थियो न त उनलाई हात समाएर हिँडाउने अरू कोही नै थिए । शुरूको समयमा उनको दुःख सुखको साथी थिए अर्का कलाकार दमन रूपाखेती । केही समय यो जोडी जमैकै थियो तर, पछि जितु एक्लै कलाकारिताको मैदानमा उत्रिए भने दमन पनि एकल रूपमा लागे । आज सबै कुराबाट भरिपूर्ण हुँदा पनि जीतु सामान्य नै लाग्छन् । उनको ब्यवहार र उपस्थिति साँच्चै शालीन, भद्र र सौम्य नै छ । शारीरिक रूपमा सानो कदका जितु सोच, उद्देश्य र विचार ठूलो भएका कालाकार हुनुभन्दा फरक नपर्ला । उनी भन्छन्- ‘म भगवानसँग यही प्रार्थना गर्छु कि यहीँ सामान्य जीवन बिताऊँदा बिताउँदै कलाकारितामा लागेर देह त्याग गर्न पाउँ ।’

आज जितु जुन स्थापना छन्, त्यहाँ पुग्न जितुको आफ्नै मिहेनत र संघर्ष छ । शुरूका समयमा दिनेश डिसीको ट्वाक्कटुक्क नै उनको लागि अमृत समान भैदियो । धेरै कलाकारहरू जन्माएको ट्वाक्कटुक्कबाट जन्मिएका एक कालाकार हुन् जितु नेपाल । टेलिभिजनको पर्दामा प्रवेश गराउने ट्वाक्कटुक्कदेखि गीतान्जलीसम्म आइपुग्दा जितु स्थापित भैसकेका थिए । टेलिभिनबाट जन-जनमा पुगेपछि जितुले ठूलो पर्दाका चलचित्रहरूमा पनि दह्रै उपस्थिति जनाउने अवसरहरू पाए । पछिल्लो समय मुन्द्रेको कमेडी क्लबमार्फत त जितुले आफ्नो क्षमता दक्षतालाई झनै बृहत बनाउने अवसर पाए । नेपालका ‘एकल स्टेज शो’गरेर स्टेज कभर गर्न सक्ने र दर्शकहरूलाई मन्त्रमुग्ध पार्न सक्ने थोरै कलाकारहरू भित्र पर्दछन् जितु नेपाल ।

जीवनमा कलाकारिता बाहेक जितुले न केही जाने न त केही सोचे । न केही गरे न त कलाकारितालाई माध्यम बनाएर अरू नै विधामा हात हाले ? करिव दुई दशकभन्दा लामो समयदेखि कलाकारितामा आजसम्म अथक रूपमा भिडेको भिडै छन् जितु- ‘अझै पनि संघर्ष र मिहेनतमै छु । नयाँ-नयाँ खुराकहरू कसरी दिने ? पुरानादेखि आजका पुस्तासम्मको मन कसरी जित्ने ? यही कोशिसमा लागिरहेको छु र लागिरहने छु’- जितुले प्रतिबद्धता ब्यक्त गरे, ‘दर्शकहरूले जे गरेको छस्, त्यही गर् भन्नुभएको छ र म पनि दर्शकहरूको विश्वास र सुझावलाई शिरमा राखेर कलाकारिताको कर्ममा लागेको छु ।’

उमेरले कति वर्ष पुगे जितु नेपाल ? त्यसको हिसाबकिताब नगरौँ । भनिन्छ नि मानिसलाई उमेरले होइन, कर्मले नाप्ने गरौँ । हो, जितु पनि कर्मशील र कर्ममा रमाउने कलाकार हुन् । त्यसैले हांस्यकलाकरिता विधामा जितुले बिताएका वर्ष, फटाएका भोटा र कटाएका उमेर कम छैन । आगामी दिनहरूमा पनि जितुको सक्रियता, उत्साह, जाँगर, हौशला र निरन्तरतामा कहिले पनि कमी नआओस् । आज परेको उनको जन्मदिनमा उनलाई शुभकामना दिँदै उनीबाट यही अपेक्षा राख्दछौँ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा