कांग्रेसको १४औँ महाधिवेशन मिति फेरि सारियो

कांग्रेसको १४औँ महाधिवेशन मिति फेरि सारियो


नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको शनिबारको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार उक्त निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्नेछ ।

कांग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको थियो । सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो ।

महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै कांग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ ।

file photo